Kirtipur, Kathmandu
मिती २०८०।०१।१६ गते त्रि. बि. आयुर्वेद शिक्षण अस्पताल र ललितपुर महानगपालिका को वडा न• ४ को संयुक्त आयोजनमा निःशुल्क हेल्थ केम्प !
बैशाख १६ गते शनिबारका दिन ललितपुर महानगरपालिका वडा नं ४ र त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल किर्तिपुरकाे संयुक्त आयाेजनामा धाेबीघाट स्थित संचेतना आधारभुत विद्यालयमा आयुर्वेदका विभिन्न विधाका विज्ञ चिकित्सकहरुकाे सहभागितामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर हुन लागेकाे हुँदा उक्त शिविरमा सहभागिता जनाइ निशुल्क परामर्श, स्वास्थ्य परिक्षण तथा निःशुल्क अैाषधीको लाभ उठाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दै जानकारीकाे लागि वडा भित्रका विभिन्न ठाउँमा सुचना सहितकाे फ्लेक्स बाेर्ड झुण्ड्याउने तथा माइकिङ्ग गर्ने कार्य भइसकेकाे छ । हजुरहरुकाे नजिकका छर छिमेक तथा साथीभाईमा पनि यश सम्बन्धी जानकारी दिएर निःशुल्क स्वास्थ्य सेवा लिन सहयाेग गर्नुहाेला ।