मितिः २०८२।१२।२२
स्तरबृद्धिको लागि आवेदन दिने सम्बन्धी सूचना
त्रि.वि. रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखाको च.नं.१९९१ मिति २०८२।११।२७ गतेको पत्रानुसार स्तरबृद्धिका लागि योग्य र अस्पतालले खटाइए अनुसार काम गर्न इच्छुक स्वास्थ्य सेवा समूह अन्तर्गतका नसिंड तथा प्राविधिक कर्मचारीहरुले मिति २०८३ वैशाख २६ गते भित्र अस्पताल प्रशासन शाखामा आवेदन दिनुहुन सम्बन्धीत सवैमा जानकारी गराईन्छ । साथै अध्ययन विदा तथा बेतलवी विदा बसेको भए सो सँग सम्बन्धीत स्वीकृक्तिपत्रहरु र शैक्षिक योग्यताको प्रमाणपत्रहरु समेत निवेदनका साथ संलग्न गरी बुझाउनु हुन जानकारी गराईन्छ । पुनश्चः प्रत्येक आर्थिक वर्षमा स्तरवृद्धि गर्ने निर्णयानुसार अर्को स्तरवृद्धिको प्रक्रिया २०८३ भाद्र महिनामा गरिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ। साथै योग्यता सम्बन्धी विवरण त्रि.वि. स्तरवृद्धि विनियमावली, २०८२ को परिच्छेद १ को २ (ज) बमोजिम हुने व्यहोरा समेत जानकारी गराईन्छ ।
संलग्न गर्नुपर्ने कागजातहरुः
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरुको प्रतिलिपि
३. नियुक्ति पत्रहरुको प्रतिलिपि
४. बेतलवी तथा अध्ययन विदा बसेको भए सो को स्वीकृतिपत्रको प्रतिलिपि
५. शैक्षिक योग्यता छानविनको प्रमाणपत्रको प्रतिलिपि
