Kirtipur, Kathmandu
दोश्रो पटक प्रकाशित मिति :२०८२/०५/०६
यस आयुर्बेद शिक्षण अस्पतालमा आवश्यक पर्ने स्टेशनगरी र सरसफाईका सामानहरु खरीद गर्न आवश्यक भएकोले ईच्छुक सप्लायर्सहरुबाट आफुले सप्लाई गर्न सकिने आईटम के कति दर रेटमा उपलब्ध गराउन सकिन्छ, ईच्छुक रजिष्टर्ड फर्मवाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समय १०:०० बजे देखि बेलुका ५:०० बजे भित्र आवेदन दिन सूचित गरिन्छ । आवेदनसाथ फर्म रजिष्ट्रर्ड प्रमाण पत्र, भ्याट/प्यान दर्ता तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र कागजातहरु अनिवार्य पेश गर्नु पर्नेछ । म्याद नाघि र कागजात नपुग भएका आवेदन उपर कुनै कारवाही गरिने छैन ।
आवश्यक स्टेशनगरी र सरसफाईका सामानहरुको विवरण फारमहरु अस्पतालको वेभ साईट https://ath.tu.edu.np बाट डाउनलोड गरि छुट्टा छुट्टै रितपुर्वक फाराम भरि शिलबन्दी गरि पेश गर्नु पर्नेछ, साथै स्टेशनगरी र सरसफाईका सामानहरुको परिमाण आवश्यकता अनुसार माग गरिनेछ ।