Ayurveda Teaching Hospital, Kirtipur

Kirtipur, Kathmandu

चमेना गृह भाडा दिने सम्वन्धि शिलवन्दी दरभाउ आव्हान

चमेना गृह भाडा दिने सम्वन्धि शिलवन्दी दरभाउ आव्हान

2024-11-18
IT Admin

चमेना गृह भाडा दिने सम्वन्धि शिलवन्दी दरभाउ आव्हान
प्रथम प्रकाशित मिति २०८१/०८/०३
त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल हातामा रहेको चमेना गृह भवन २ वर्षको लागि भाडा दिई चमेना गृह सञ्चालन गर्न आवश्यक भएकोले ईन्छुक फर्महरुबाट के कति दररेटमा सञ्चालन गर्न सकिने हो उल्लेख गरि दरभाउपत्र फाराम रु. १००० (अक्षरुपी एक हजार मात्र) यस अस्पतालको कीर्तिपुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको चल्ती खाता नं. ०४५००१००१०३७२५०००००१ मा दाखिला गरि सोको सक्कल भौचर सहित १५ औं दिनको १२:०० वजे भित्र ३ महिनाको भाडा बराबर रु १०,५००(दश हजार पाच सय) धरौटी वापतको रकम यस अस्पतालको उपरोक्त खातामा जम्मा गरि  शिलवन्दी दरभाउपत्र दर्ता गराउन हुन सम्वन्धित सवैमा सुचित गरिन्छ । विस्तृत जानकारीको लागि अस्पताल प्रशासनमा सम्पर्क राख्नु हुन समेत जाकारी गराईन्छ ।
कार्यकारी निर्देशक आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर ।


Files

S.N Name Type Download
1 चमेना गृह भाडा दिने सम्वन्धि शिलवन्दी दरभाउ आव्हान jfif